बुटवल- अन्तराष्ट्रिय कण्डम दिवसको अवसर पारेर आस्था समूह बुटवल र एड्स हेल्थकेयर फाउण्डेशन बिहीबार बुटवलमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कण्डमको प्रयोग गरी एचआईभी एड्सबाट बच्न सन्देश दिने उद्देश्यले बुटवलको ट्राफिकचोकमा वृहत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको आस्था समूहका अध्यक्ष केशव पुनले जानकारी दिए । कार्यक्रममा जनचेतनामूलक नाटक तथा कण्डमको प्रर्दशन र वितरण समेत गरिने पुनले बताए ।
यसैबीच यहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा एचआईभी संक्रमित आमाले जम्माएका नौ जना बच्चा संक्रमणमुक्त (स्वस्थ) जन्मेका छन् ।
वितेको आर्थिक वर्ष ०७५-०७६ मा लुम्बिनी प्रादेशिक अस्पतालमा संक्रमित आमाबाट जन्मेका नौजना बच्चाहरु स्वस्थ रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएचएप्m) का क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए । भट्राईका अनुसार यस अस्पतालमा उक्त अवधिमा ६९ जना नयाँ संक्रमित भेटिएका छन् । बुटवल एआरटी केन्द्रबाट नयाँ पुराना गरी कुल १२ सय २० जनाले सेवा लिइरहेको पनि उनले जानकारी दिए । उक्त अवधिमा ३४ जनाको भने मृत्यु भएको छ । नेपालमा १६ हाजार नौ सय १३ जनाले एचआईभी संक्रमितले खाने एआरटी औषधी लिइरहेको बताइन्छ
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्