नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीद्धारा दर्ज्यानी चिह्न ग्रहण

नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीद्धारा दर्ज्यानी चिह्न ग्रहण

काठमाडौं ।
नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीले नेपाल प्रहरीले गर्ने हरेक काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने बताउनुभएको छ ।
आज गृहमन्त्रालयमा प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह ग्रहण गर्दै उहाँले प्रहरीले गर्ने हरेक काम पूर्ण जवाफदेहीका साथ सम्पादन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
विहान गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले आइजीपी ज्ञावलीलाई प्रहरी महानिरिक्षकको दज्र्यानी चिन्ह लगाइदिनुभएको हो । कार्यक्रममा बोल्दै नवनियुक्त आइजीपी ज्ञावलीले आजको युग जनउत्तरदायी उत्कृष्ट सेवाद्वारा सेवाग्राहीको मन र विश्वास जित्ने समय भएको बताउँदै यसैका आधारमा कुनै पनि संगठन जीवन्त र गतिशील रहने बताउनुभयो ।
कुनै पनि नागरिक प्रहरी सेवा पाउनबाट बञ्चित हुन, न्याय र सुक्षा पाउने हकबाट विमुख हुनु नपरोस् भन्ने आफ्नो मान्यता रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्रालयमा दज्र्यानी चिन्ह ग्रहण गरे लगत्तै आइजीपी खनाल प्रहरी प्रधानकार्यालय पुगेर पदभार ग्रहण गनुभएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij