हातेमालो सहकारीको रजत वर्ष : साताव्यापी बिबिध कार्यक्रम सम्पन्न

हातेमालो सहकारीको रजत वर्ष : साताव्यापी बिबिध कार्यक्रम सम्पन्न

 

बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा सञ्चालित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत वर्ष २०७६ को अवसरमा साताव्यापी कार्यक्रम गरि मनाईएको छ ।

सहकारीले रजत वर्षको अवसर पारेर बुधबार आयोजना गरेको माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पशुपति माध्यमिक बिद्यालयका आशिक पन्थी प्रमथ, लिटिल प्याराडाईजकी बिनिता पुन द्वितीय र सेमराबजार माध्यमिक बिद्यालयका केशव पाठक तृतीय भएको निर्णायक समितिका संयोजक सुरेन्द्रराज ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीलाई जिल्ला सहकारी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले क्रमशः ३ हजार, २ हजार र १ हजार ५ सय रुपैंया नगद सहित प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष अर्यालले सरकारले सहकारीहरुलाई मर्जरकालागि आह्वान गरेपनि बाध्यकारी नभएको बताउँदै संस्थाको उद्देश्य र मन मिले मात्रै मर्जरमा जान सकिने जानकारी गराउनु भयो । उहाँले सरकारले ल्याएको सहकारी ऐन कार्यान्वयन हुन नसकेको औंल्याउँदै कार्यान्वयन हुन नसकेका बुँदाहरुलाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यस अवसरमा संस्थाका सल्लाहकार तथा संस्थापक देवानन्द पाण्डेले सहकारीलाई ऋण लगानी गर्न नियन्त्रण गरेपनि बचत गर्न नियन्त्रण गर्न नहुने भनाई राख्नुभयो । उहाँको एक भन्दा बढी बैंकमा खाता खोल्न सकिन्छ मिल्छ भने एक भन्दा बढी सहकारीमा शेयर हाल्न र लगानी गर्न रोक्न नहुने औंल्याउँदै मर्जरकालागि पनि बाध्यकारी गराउन नहुने भनाई राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्रकुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा छिमेकी सहकारीका अध्यक्ष राजेन्द्र सुवेदी, केशव गौतम, संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोबिन्द शर्मा बस्याल, सचिव रुद्रबहादुर थापा लगायतले भनाई राख्नुभएको थियो । त्यसै अवसरमा संस्थाले संस्थाका संस्थापक तथा शेयर सदस्यका अभिभावक जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

रजत वर्षको अवसर पारेर हातेमालो सहकारीले यहि माघको २३ गतेदेखि बिबिध कार्यक्रम गर्दै आएको छ । रजत वर्षको पहिलो दिन २३ गते कार्यालयमा दीप प्रज्वलन गरिएको थियो भने २५ गते शनिबार मोक्षधाम आश्रम परिषरमा बृक्षा रोपण र सोमबार करौजीयाको जनजाग्रिती आधारभूत बिद्यालयमा बिद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, माघ २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij