बुटवल
अन्नपूर्ण बोडिंङ्ग स्कुल बुटवलले आफनो ११ औ बार्षिक उत्सवको अवसर पारेर अन्तर विद्यालय स्तरीय प्रथम अन्नपूर्ण तेकान्दो च्याम्पनसीप प्रतियोगिता आज सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वाड नम्बर ३ स्थिीत रहेको उक्त स्कुलले यही माघ २२ गते देखि माघ २९ गते सम्म विभिन्न खेदकुद प्रतियोगिता गदै आएको छ । जस अन्तर्गत आज अन्तिम दिन भएको तेकान्दो च्याम्पनसीप प्रतियोगितामा रुपन्देहीका १२ संस्थागत स्कुलहरुको सहभागितामा रहेको थियो ।
जस अन्तरगत भएको खेलमा रुपन्देही मोडेल ईङलिस बोडिंङ्ग स्कुल प्रथम, रुद्रपुर बोडिंङ्ग स्कुल दोस्रो , स्कलर्स होम स्कुल तेस्रो र अन्नपूर्ण बोडिंङ्ग स्कुल बुटवलले सान्तवना स्थान हासिल गरेका छन् । सो प्रतियोगितामा प्रथम , दोस्रो , तेस्रो र सान्तवना स्थान हासिल गर्ने स्कूललाई विद्यालयले आजैे विभिन्न पदक ,मेडल र प्रमाणपत्र बाट सम्मान गरेको छ । त्यस्तै सो प्रतियोगिताका निर्णयक रुपन्देही ब्लक वेल्डका अध्यक्ष नविन राना, राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक चन्द्रकान्त आचार्य लाई समेत मायाको चिनोले सम्मान प्रदान गरिएको थियो । अन्नपूर्ण बोडिंङ्ग स्कुल बुटवलले भोलि ११ औ वार्षिक उत्सवको मूल समारोहका दिन पुस्कार वितरण,तथा अभिभावक दिवस मनाउने स्कुलका प्राचार्य मित्र हरि आचार्यले जानाकारी दिनु भएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्