अर्घाखांची शीतगंगामा प्रथम औद्योगिक व्यापार महोत्सव शुरु

अर्घाखांची शीतगंगामा प्रथम औद्योगिक व्यापार महोत्सव शुरु

अर्घाखांची

अर्घाखांची शीतगंगा नगरपालिका– ३ ठाडामा प्रथम शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवआजबाट शुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । भौगोलिक हिसाकले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनास“गै महोत्सव सञ्चालन गरेको छ ।
फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५ स्टल छन् । दुई करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । शीतगंगामा भएका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार–प्रचार गरी पर्यटक भित्राउनु पनि महोत्सवको उद्देश्य रहेको आयोजक शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताउनभयो । शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवद्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।
नगरका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ । महोत्सवले नगरको विकास र सम्बृद्धिमा सहयोग पुग्ने नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो। उद्घाटनम प्रदेश सांसद रामजीप्रसाद घिमिरे, निर्मला क्षत्री, जलपा भुसाल, जिल्ला समन्यव समिति प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विजय पौडेल लगायत दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij