लागू औषध विरुद्ध महासंग्राम ,अन्र्तक्रिया कार्यक्रम सम्पन्न

लागू औषध विरुद्ध महासंग्राम ,अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बुटवल। ‘
राष्ट्र बनाउने आयो हामी सबैको पालो, र्दुव्यसनमुक्त समाज निर्माणार्थ हातेमालो’ भन्ने मुल नाराका साथ नमस्ते नेपाल रुपन्देहीको आयोजना हुन लागेको ‘लागू औषध विरुद्ध महासंग्राम–२०७६’ कार्यक्रम अन्तर्गत बुधबार तिलोत्तमामा पहिलो बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अन्र्तक्रिया कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले लागु औषध दुव्र्यसन सभ्य समाजको बाधक हुने भन्दै यसका लागि सबैले जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। दुव्र्यसनमुक्त समाज निर्माणको उदेश्यले युवा वर्गले थालेको यस अभियानलाई सबैले साथ दिनुपर्ने भन्दै नगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ईलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले सभ्य समाज निर्माणको लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने भन्दै नागरिकहरुले पनि सभ्य समाज निर्माणको लागि हातेमालो गर्नुपर्ने बताउनुभयो ।आयोजक संस्थाका अध्यक्ष अर्जुन खरेलले लागु औषध र्दुव्यसन कारण कैयौ युवाहरुको जीवन बर्वाद हुन पुगेको भन्दै भविष्यका कर्णधार युवाहरुलाई गलत बाटोमा जानबाट रोक्ने उदेश्यका साथ यो अभियान थालिएको बताउनुभयो । रुपन्देही जिल्ला लागु औषध मुक्त जिल्ला बनाउने उदेश्य लिएर आफुहरु अगाडि बढेको उहाँको भनाई थियो ।कार्यक्रममा तिलोत्तमा –२ का अध्यक्ष दधिराम गौतम , जनज्योति युवा क्लवका अध्यक्ष मित्रलाल न्यौपाने,संस्थाका सचिव निराजन बन्जाडे लगायत विधार्थी प्रतिनिधि, टोल विकास समितिका पधादिकारिहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij