फागुन १०, ११ र १२ गते दाङ्को वेलझुण्डीमा प्रदेश एक्स्पोको तयारी

फागुन १०, ११ र १२ गते दाङ्को वेलझुण्डीमा प्रदेश एक्स्पोको तयारी

बुटवल।
प्रदेश सरकारले प्रदेश स्थापना भएयता २ वर्षमा गरेका काम देखाउन मोटो रकम खर्च गरेर प्रदेश एक्स्पोको तयारी गरेको छ । यद्यपी प्रदेश सरकारले भने यो कार्यक्रमलाई गौरवको रुपमा लिएको छ । प्रदेश पाँचको सरकारले ‘प्रदेश एक्स्पोमा सहभागी हाऔं, समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं’ भन्ने नारा सहित यहि फागुन १०, ११ र १२ गते दाङ्को वेलझुण्डीमा प्रदेश एक्स्पोको तयारी गरेको छ ।
त्यसकालागि प्रदेश सरकारले ५० लाख रुपैंयाँ बजेट छुट्याएको छ भने मन्त्रालयगत र स्थानी तहका सरकारले छुट्टा छुट्टै खर्च गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । एक्स्पोका माध्यमबाट प्रदेश सरकारको स्थापना कालदेखि हालसम्मका गतिबिधि र उपलब्धिबारे जानकारी दिने सरकारले पहिलो उद्देश्ले लिएको छ । मन्त्रालयका सचिव खरेलले भन्नुभयो–‘एक्स्पो प्रदेश सरकारले दुई वर्षको अवधिमा के गर्यो देखाउने कार्यक्रम हो ।’
त्यस्तै त्यस बाहेक प्रदेशको बिबिधता, उत्पादन, पहिचान, संस्कृति र बिकासको स्थितीको जानकारी दिने, समृद्ध प्रदेश खुशी जनता’को लक्ष्य पुरा गर्न समान उत्साह र समान खुसी पैदा गर्न अभिप्रेरित गर्ने, प्रदेशमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा तथा सस्कृतिको बिकासलाई नमुनाको रुपमा स्थापना गरि बिकासमा उत्साह ल्याउने तथा प्रदेश सरकार र स्थानीय तह बिचको सम्बन्धलाई सुदृढीकरण गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो ।
तीन दिने प्रदेश एक्स्पोमा करिव ५ सय स्टल राख्ने तयारी गरिएको छ । जसमा सरकारका करिव ५०र६० वटा स्टल रहने छन् भने बाँकी सबै नीजि क्षेत्रको हुने सचिव खरेलले जानकारी गराउनु भयो । सरकार मातहत हुने स्टल सरकारी संयन्त्रले निर्माण गरिरहेको छ भने बाँकी नीजि क्षेत्रकालागि दाङ्को उद्योग बाणिज्य संघलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यसको आम्दानी खर्चको हिस्सेदार पनि उद्योग बाणिज्य संघ नै हुने मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताउनु भयो ।
जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट स्थापनाकालदेखि हालसम्म गरेका कार्यहरुको डिजिटल फ्ल्क्स बोर्ड र बृत्तचित्रका माध्यमबाट प्रस्तुती गरिने छ । त्यसैगरी मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम, प्रदेश समन्वय परिषदका गतिबिधि जानकारी गराईने छ । त्यस्तै सबै मन्त्रालयहरुले दुई वर्षको अवधिमा गरेका गतिबिधि, प्रगति तथा सेवा प्रवाह सम्बन्धि जानकारी गराउने छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij