सैनामैना वार्ड नं ८ को वडा कार्यालय भवनको शिलायन्स

सैनामैना वार्ड नं ८ को वडा कार्यालय भवनको शिलायन्स

सैनामैना

सैनामैना वार्ड नं ८ को वडा कार्यालय भवनको आज शिलायन्स भएको छ । प्रदेश नं ५ का प्रदेश सभा सदस्य एवं नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले वार्ड कार्यालय भवनको शिलायन्स गर्नु भएको हो ।
शिलान्यस गर्दै सचेतक ढकालले नेपाल सम्बृद्धि तर्फ लम्कदै रहेको बताउनु भयो । केन्द्र, प्रदेश र स्थानिय सरकारले बिकासका योजना तिव्र रुपमा अगाडी बढाएको बताउदै सैनामैना नगरपालिकाले पनि जनताको मन छुने गरी योजना बनाएको बताउनु भयो ।
सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले सबै वडामा वडा कार्यालय भवन बनाउने गरी योजना अघि बढेको बताउनु भयो । सैनामैनाका धेरै जसो वार्डमा वडा कार्यालय बनाउने जग्गा ब्यवस्थापन संगै भवन बनाउने काम पनि भई रहेको बताउनु भयो । सैनामैनामा जनताको माग र चाहना अनुसारको बिकासका योजना अघि बढाईको बताउदै प्रमुख कार्कीले कृषि क्षेत्रमा किसानले तिन बाली भित्राउने गरी खेती गर्नृ पर्ने बताउनु भयो । सैनामैनामा शिक्षा सुधार संगै किसानको जिवनस्तरमा पनि रुपान्तर हुने गरी काम गरी रहेको बताउनु भयो ।
सैनामैनाका प्रबिधिक अरुण खनालले वार्ड कार्यालय आगाी कार्तिक सम्ममा सम्पन्न हुने बताउनु भयो । कुल ९९ लाख ८७ हजार ६ सय ५ रुपैयामा जगत्रदेबी निर्माण सेवा ठेक्का सम्झौता भएको जानकारी गराउनु भयो ।
करिब २ कठ्ठा जग्गामा बन्न लागेको भवनलाई स्थानिय नारायण न्यौपानेले करिब १ कठ्ठा जग्गा उपलब्द गराउनु भएको हो । जग्गा दाता न्यौपानेलाई कार्यक्रममा दोसल्ला आढाई सम्मान गरिएको थियो ।
सैनामैनामा वार्ड नं ७ को वार्ड कार्यालय भवन सम्पन्न भई संचालनमा आएको छ भने अन्य वार्डमा बन्ने प्रक्रिया अगाडी बढाईको छ । कार्यक्रममा सैनामैनाकी उपप्रमुख बिना राना, सैनामैना ८ का वार्ड अध्यक्ष राम शरण न्यौपाने , न्यायिक समितिका ईश्वरी भण्डारी , नेकपा सैनामैनाका अध्यक्ष नारायण न्यौपाने लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij