बुटवल उपमाहानगरपालिकाद्धारा स्थापना दिवसमा तीन दिने कार्यक्रम,

बुटवल उपमाहानगरपालिकाद्धारा स्थापना दिवसमा तीन दिने कार्यक्रम,

बुटवल

बुटवल उपमाहानगर पालिकाले आफनो स्थापना दिवसको अवसरमा आजदेखि नै तीन दिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ। सोहीक्रममा आज जनप्रतिनिधि र कर्मचारी तथा महिलाका बीचमा मैत्रीपूर्ण भलिवल खेल भएको छ। जनप्रतिनिधि–कर्मचारी मैत्रीपूर्ण खेलमा कर्मचारीको समूहमा एक–दुईको सेटमा विजयी भएको छ। उपमहानगरको नगर खेलकुद विकास समितिले स्थापना दिवसका अवसरमा दुईदिने विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरेको हो। समितिका अध्यक्ष नन्दु काउचाले मैत्रीपूर्ण खेलमार्फत सहकार्य र एकताको भावना प्रदर्शन गर्नेगरी कार्यक्रमहरु आयोजना गरिएको बताए। मैत्रीपूर्ण भलिबलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहित वडा अध्यक्षहरु सहभागी थिए। उपमहानगरको कार्यालय परिसरको पारि बालमन्दिरमा मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो। महिलाहरुका बीचमा दुईवटा समूह बनाएर प्रतिस्पर्धा गराइएकोमा उपप्रमुख गुमादेवी आचार्यको समूह प्रथम भएको छ । यस्तै म्युजिकल चेयर प्रतियोगितामा पुरुषतर्फ उपमहानगरका कार्यपालिका सदस्य एवम् वडा नं १० का अध्यक्ष पदम थापा प्रथम, प्रकाशमणी बस्याल द्वितीय र कमल चिदी तृतीय भएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम सञ्चालक प्रेमबहादुर बस्नेतले जानकारी दिए। सोही प्रतियोगिताको महिलातर्फको खेलमा कमला चुँदाली प्रथम, उपप्रमुख आचार्य द्वीतीय र पुनम कुवँर तृतीय भए।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij