राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

बुटवल ।
रुपन्देही घर भएका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं१० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारणआज बिहान निधन भएको हो ।उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको सोही क्षेत्रका कांग्रेस सांसद फखरुद्दिन खानले जानकारी दिनुभयो ।

उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति शुरु गरेका थिए ।
२०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।
उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने सांसद खानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij