“अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनुपर्छ”

“अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनुपर्छ”

 

बुटवल –बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा सञ्चालित इन्टलेक्च्युअल एकेडेमीको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको छ । शुक्रबार बिद्यालयमा कार्यक्रमको आयोजना गरि मनाईएको बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले अवको शिक्षा सीपयुक्त र व्यबहारिक हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणी खनालले अबको शिक्षा प्राबिधिक र उपयोगी हुनु पर्नेमा जोड दिनुभयो । सीप बिनाको शिक्षाको कुनै औचित्य नरहेको बताउँदै उहाँले अब सबै बिद्यालयले प्राबिधिक शिक्षालाई जोड्नुपर्ने भनाई राख्नुभयो । उहाँले शिक्षामा नीजि क्षेत्रलाई अव कसैले पनि नकार्न नसक्ने बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको जानकारी गराउनुभयो ।

त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बिद्यालय स्थापनाको छोटो समयमा नै पहिचान स्थापित गर्न सफल भएको बताउँदै स्थापित पहिचानलाई कायम राख्नकालागि शिक्षाको गुणस्तरलाई अझै बृद्धि गर्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले नेपालका शैक्षिक बिकासमा नीजि बिद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने भनाई राख्नुभयो ।

बिद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुस्मा अर्याल, बिद्यालयका प्रवन्ध निर्देशक रामराज पाख्रेल, बिद्यार्थीहरु सिमरन थापा, झरना थापा, एञ्जिला पोख्रेल, संगिता पौडेल लगायतले भनाई राख्नुभएको थियो ।

बिद्यालयको बार्षिकोत्सव समारोहमा बिद्यालय स्थापना कालदेखि हालसम्म निरन्तर काम गर्दै आएका १० जना शिक्षक तथा कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो भने अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट भएका बिद्यार्थी तथा बिद्यालयले सञ्चालन गरेका अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय भएका बिद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसै अवसरमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij