एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली


शनिबार, फाल्गुन ३, २०७६

एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाबारे सम्झौता सभामुखले संसदमा पेश गर्नासाथ पारित हुने दावी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले एमसीसी सम्बन्धित प्रस्ताव संसदमा रहेको र सभामुखले संसदमा निर्णयार्थ पेश गर्नासाथ पारित हुने दाबी गर्नुभएको हो ।

एमसीसी पारित गर्ने कि नगर्ने भन्नेबारेमा सत्तारुढ नेकपाभित्रै विवाद रहेका बेला प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ त्यो पारित हुने दावी गर्नुभएको हो ।

एमसीसीका बारेमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समितिले अध्ययन गरिरहेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले एमसीसीमार्फत हुने सहयोगले नेपाली अर्थतन्त्रको तस्बिर नै फेरिने दावी पनि गर्नुभएको छ ।

आउँदाे ५ वर्षभित्र  एमसीसी परियोजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित रहेको उहाँको दावी थियो ।

एमसीसी कम्प्याक्ट अन्तर्गत अमेरिकाले दिने र नेपाल सरकारले खर्च गर्ने रकबाट निर्माण हुने प्रसारण लाइन लगायतका कामबाट देशको अर्थतन्त्र नै बदलिने उहाँकाे भनाइ थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६ , २:३० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology