JanataToday.com

Advertisment

SKIP THIS

पश्चिम नवलपरासीको सिमानाबाट पछिल्लो समयमा तस्करीमा बृद्धि

पश्चिम नवलपरासीको सिमानाबाट पछिल्लो समयमा तस्करीमा बृद्धि

नवलपरासी ।
पश्चिम नवलपरासीको खुला सिमानाबाट पछिल्लो समयमा सरकारी कर्मचारीको मिलीमोतोमा तस्करीमा बृद्धि भएको छ ।
खुला सीमानाको फाईदा उठाउदै तस्करहरुले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरि सामान ल्याउने गरेका छन भने कतिपय स्थानमा प्रहरीका घुमुवा, प्रहरी एवं भन्सारका कर्मचारीको मिलीमोतोमा तस्करीका सामान नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ ।
नवलपरासीको गुठीप्रसौनी, भुजहवा, सुरजपुरा हुदै महेशपुर सम्मको नेपाल भारतको खुला सिमानाबाट भन्सार छली गरि ब्यापक तस्करी हुने गरेको छ ।
यसरी नेपाल ल्याउने बस्तुहरुमा दाल, चामल, मसला, मोटरपार्टका सामन, कपडा लगायतको सामानहरु प्रहरीको मिलीमोतोमा भन्सार छली गरि नेपाल भित्राउने क्रम बढेको स्रोतले जनाएको छ ।
पश्चिम नवलपरासीमा गुठीप्रसौनी, भुजहवा, सुरजपुरामा छोटी भन्सार कार्यालय रहेका छन् भने महेशपुरमा मुख्य भन्सार नाका रहेको भए पनि सरकारी कर्मचारी एवं प्रहरीको मिलीमोतोमा भन्सार छली गरि सामान ल्याउने बढे पछि भन्सार कार्यालयले आफैले निर्धारण गरेको लक्ष्य समेत प्राप्त गर्न नसकेको भन्सारका जानकारहरु बताउने गरेका छन ।
यसैगरी सरकारी कर्मचारीहरुको मिलीमोतोमा नै कवाडीका सामान, मसलाजन्य बस्तु, अदुवा, मरिच, सुपारी, छोहडा, कस्मेटिक सामान, मटर लगायतका अनेक प्रकारका सामानहरु भारततर्फ लैजाने गरेको बताईएको छ । जिल्लाको सिमावर्ती क्षेत्रका रगरगंज, गेरमा, गोपालपुर, भक्सिपुर महेशपुर, रमपुरवा, भुजहवा, बसहिया लगाएतका स्थानमा गोदाम वा अबैध संकलन केन्द्र बनाई राती र साँझ विहानको समयमा सिमाना कटाउने गरेका छन् भने कतिपय समयमा बालबालिका समेतलाई प्रयोग गरि साईकल, मोटरसाईकल लगाएतका साधनहरुबाट सामानहरु सिमाना कटाउने गरेका पाईएको छ।
यसो गर्दा कतिपय स्थानमा भेटिने प्रहरी वा प्रहरीका धुमुवालाई पैसा दिएर समेत तस्करी हुने गरेको छ भने कतिपय सामानको खुलेआम प्रहरी वा अन्य सुरक्षा निकायका मानिसहरुलाई मासिक लाईन मिलाएर नै सामानको तस्करी हुने गरेको छ । सिमानाको ५ सय मिटरको दुरी सम्म कुनै ब्यावसायिक काम वा उद्योग धन्दाहरु राख्न नपाईने भनियको भए पनि नवलपरासीका अधिकाश सिमाना क्षेत्रका बजारहरुमा व्यापारिक प्रतिष्ठानहरु रहेका छन्। बजार क्षेत्रबाट वा नाकाबाट भन्दा पनि अन्यत्र क्षेत्रबाट नियमित जसो कुखुरा, दाल, चिनी, चियापत्ती, म्सलाका सामान, कपडा, लगायतका सामानहरुको तस्करी गरी नेपाल ल्याउने गरेका छन्।
सिमानाबाट दैनिक घराईसी प्रयोगका लागि ल्याईएको भन्दै सानो सानो मात्रामा भन्सार छली गरि सामान नेपाल ल्याउने र परासी बजारमा सामानहरु संकलन गरी परासीबाट सुनवल, वर्दघाट, कावासोती, नारायणघाट लगाएतका स्थानहरुमा पुर्याउने समेत गरेको स्रोतको दावी रहेको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij