बुटवल
गायत्री परिवार बुटवलको २३ औ वार्षिक उत्सव तथा स्थापना दिवस आज सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रममा गायत्री परिवारका अध्यक्ष अमृतलाल श्रेष्ठले गायत्री मन्त्र लगायत अन्य धर्महरुको महत्व आ, आफनो ठाउँमा रहको हुदाँ सबैले धर्मलाई आत्मसाथ गर्न आग्रह गर्नु भयो । त्यस्तै गायत्री परिवारले राम्रो संस्कारको सुरुवात गरेको बताउँदै यसले एक अर्को प्रति माया, ममता, सद्भाव र संही बाटो निर्देशन गर्न संहयोग गर्ने र राम्रो संस्कारको बानी विकास गर्ने बताउनु भयो ।
कार्यक्रममा ज्ञानु लिगंलले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले आफनो २३ औ वार्षिक उत्सवको अवसरमा साधन महिला विद्यालयका दुई छात्रा र बुटवल माध्यमिक विद्यालयका २ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा गायत्री परिवारका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता, केशव मराथाको प्रमुख आतिथ्यथा, डा बाबुराम ज्ञवाली , ईरादेवी थैव, इकरा मून्लाह , अरुण कुमार श्रेष्ठ , यज्ञ प्रसाद अर्याल, लगायतको शुभकामना मन्तव्य र संस्थाका संचिव राजकुमार श्रेष्ठको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसै बीच गायत्री परिवार बुटवलले ज्ञानु लिंगलको अध्यक्ष्तामा २० सदस्य नयाँ कार्यसमिती चयन गरेको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्