बुटवल ।
युएस आईडी को सहयोग र सुआहारा को आयोजनमा सन्चालित मेरो शक्ति अभियान मा टप टेन मा पुगेक २ जनालाई रुपन्देहिमा सम्मान गरिएको छ ।
केन्द्रिय कार्यक्रम अनुसार रुपन्देही बाट भाग लिएर टप टेनमा पुगेका २ जनालाई सुआहारा रुपन्देहीले सम्मान गरेको हो ।
आज एक कार्यक्रमको आयोजना गरि टप टेनमा परेका बुटवलकि पत्रकार पुजा पन्थि र बिद्यार्थी रचना पौडेललाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै सुआहाराका पोषण सल्लाहकार रजनन्दन मण्डलले महिलाका क्षेत्रमा काम भएपनी जनमानसले महसुस गर्नु पर्ने काम अलि हुन नसकेको बताउनुभयो ।
उहाले अझैपनी महिलाको क्षेत्रमा काम गर्ने बताउनुभयो । महिलाहरु अझैपनी घर बाहिर निस्कन नसकेको अवस्था रहेको बताउदै महिलालाई अगाडि बढाउने कुरा चुनौतीपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा टप टेनमा परेकि पुजा पन्थीले अझैपनी महिलाहरु ३३ प्रतिशतकै लागि लड्नु दुखको कुरा बताउदै अबका दिनमा ५० प्रतिशत सहभागिताका लागि लड्नु पर्ने बताउनुभयो ।
टप टेनकी रचना पौडेलले अवसर नपाएक हरुको लागि यस्ता अभियानले फाईदा पुगेको बताउनुभयो।
कार्यक्रममा सुआहारा प्रदेश संयोजक सुनिल खतिवडा, सुआहारा प्रदेश ५ का कृषि संयोजक अर्जुन श्रेष्ठ लगाएत बोल्नुभएको थियो ।
सुआहाराले महिला पोषणका कार्यक्रम हरु संचालन गर्दै आएको छ । मेरो शक्ति अभियानमा देशभरबाट १२ सय जनाले सहभागिता जनाएका थिए । शुआहाराले ४२ जिल्लामा काम गरिरहेको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्