काठमाडौं ।
मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।
उपकुलपति नरहने गरी ’मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ खुल्न लागेको हो । यो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा भिन्न संरचनाबाट सञ्चालन हुनेछ ।
यहाँ उपकुलपतिको सट्टा अध्यक्ष रहनेछ । हाल सञ्चालनमा रहेको विश्वविद्यालय सभाजस्तो संरचना यो विश्वविद्यालयमा हुँदैन । सभाको काम विश्वविद्यालयको संरक्षक समितिले गर्नेछ शिक्षा मन्त्री गिरीराजमणि पोखरेलका अनुसार यो विश्वविद्यालयले सम्बन्धन दिन पाउनेछैन । विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक पर्ने उच्चतम जनशक्ति उत्पादन गर्ने, नविन खोज गर्ने उद्देश्य विश्वविद्यालयको छ ।
तर विज्ञान तथा प्रविधि विश्वविद्यालय भनिए पनि यहाँ कानुन तथा न्याय, व्यवस्थापन, सामाजिक शास्त्र लगायतका सङ्कायको पनि पढाइ हुनेछ । दुई वर्ष्भित्रमा पढाइ सञ्चालन गर्ने गरी विश्वविद्यालय स्थापना प्रक्रिया सुरु गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्