श्री मलमला सामुदायिक बन उपभोक्ता समुहको ११ औ साधारण सभा सम्पन्न

श्री मलमला सामुदायिक बन उपभोक्ता समुहको ११ औ साधारण सभा सम्पन्न

सैनामैना ।
श्री मलमला सामुदायिक बन उपभोक्ता समुहको ११ औ साधारण सभाआज सम्पन्न भएको छ । श्री मलमला सामुदायिक बन उपभोक्ता समुहको ११ औ साधारण सभा सम्बोधन गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले बन क्षेत्रमा नियमित गस्ती गरिने गरि योजना बनाईएको सैनामैनाका बताउनु भएको छ ।
बन क्षेत्रमा नियम बिपरीत कुनै पनि गतिविधि गर्न नपाईने बताउनु भयो । बन राष्ट्रकै सम्पति भएकोले यसको सम्क्षरण गर्नु पर्ने बताउदै बन जोगाउन नगरपालिकाले बिभिन्न योजना बनाएको बताउनु भयो ।
बनको तारबार संगै जंगल हराबरा बनाउन करिब १ लाख बिरुवा रोप्ने र नियमित गस्ती गर्ने योजना रहेको प्रमुख कार्कीले बताउनु भयो । बनले हामीलाई जीवन दिने भएकोले यसको सक्षरण आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सैनामैना वार्ड न ५ का वडाअध्यक्ष पर्सुराम सापकोटाले सामुदायिक बनको कार्यालय आवश्यक रहेको बताउनु भयो ।
डिभिजन वन कार्यालय बोधराज सुबेदीले चुरे बाट कार्वन उत्पादन गरि आम्दानी सकिने बताउनु भयो । स्थानिय सरकार, सुरक्षा निकाय, बनका पदाधिकारी र आम जनसमुदाय बाटै बनको सम्क्षरण हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा श्री मलमला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रिजन गहतराजले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा समुहका उपाध्यक्ष बिष्णु पाण्डेको स्वागत तथा समुहको सचिब तुल्सिराम पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij