समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सही छ :पुर्वमन्त्री विश्वकर्मा

समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सही छ :पुर्वमन्त्री विश्वकर्मा

तिलोत्तमा ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाको नवनिर्मित भवनको पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य छविलाल विश्वकर्मा आज एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको छ । पुर्वमन्त्री विश्वकर्माले कतिपयले सरकारले गरेका काम कारवाहीको बारेमा आलोचना गरेपनि समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सही रहेको बताउनभएको छ । सरकार सही दिशामा अघि बढेको उहाको दाबी रहेको छ ।
विभिन्न आन्दोलनबाट राज्यव्यवस्था परिवर्तन भएको र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ व्यवस्थाको अभ्यास मुलुकले पहिलोपटक गरिरहेको भन्दै उहाँले राज्यव्यवस्थाका संवाहक शक्तिले केही समय धैर्य गर्नुपर्ने बताउनुभयो ।
स्थीर सरकार बनेपछि मुलुकमा राजनीतिक अस्थिरता तोडिएकोतीनै तहका सरकार सन्तुलित, नियन्त्रित र व्यवस्थित ढंगले अघि बढेको पनि उहाले बताउनुभयो। गएको वर्ष कर्मचारी समायोजनका कारण अपेक्षाकृत काम हुन नसकेपनि आगामी आर्थिक वर्षबाट भने सुधारका धेरै कामहरु अगाडि बढ्ने उहाँको भनाइ रहेको छ । नेता विश्वकर्माले जनतालाई सहज ढंगले सेवा प्रवाह गर्न तीनै तहका सरकार भौतिक रुपले सुविधासम्पन्न हुनैपर्ने भन्दै धेरैजसो स्थानीय तह भौतिक पूर्वाधारमा बलियो हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आफू चुनावी प्रतिवद्धताबाट कत्ति पनि टाढा नभएको भन्दै वाचा गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै जाने बताउनुभयो ।
प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले बढ्दो बेरोजगारीको अन्त्य गरी रोजगारी सिर्जना अहिलेको आवश्यकता रहेको भन्दै यसका लागि उत्पादन बढाउने गरी अघि बढ्न र कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिन स्थानीय तहलाई आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य दिपा बिकले प्रदेश सरकारले धेरैजसो ऐन निर्माण गरिसकेको भन्दै अव यसको कार्यान्वयन भए सुशासनको प्रत्याभूति हुने बताउनुभयो ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपन्देही सचिव निर्मल जिसी, नेपाली काँग्रेसका दिलबहादुर चौधरी, समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्रनाथ पाण्डे, राष्ट्रिय जनता पार्टी रुपन्देहीका उपाध्यक्ष प्रशान्त गुप्ता, जनमत पार्टीका भुपेन्द्र यादव, राप्रपाका अर्जुन घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, कार्यपालिका सदस्य चुमकला बस्याल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij