बुटवल ।
बुटवल फिटनेस एण्ड जिप सेन्टर सुख्खानगरले आफनो १५ औ बार्षिक उत्सव बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाएको छ । त्यस अबसरमा आयोजित स्क्वाट तर्फ अमन राना , डेड लिफ्ट तर्फ पनि अमन राना,बेन्च प्रेस तर्फ चुनम सिंह थापा प्रथम हुनु भएको छ । तस्तै सिट अप तर्फ सन्दीप क्षेत्री, पुल अफ तर्फ सक्कल राना प्रथम हुनु भएको छ ।
महिला स्क्वाट तर्फ बिन्दु श्रेष्ठ,सिट अप तर्फ जोया थापा र डेड लिफट तर्फ सुसिला आले प्रथम हुनु भएको छ । पुरुष तर्फ मोष्ट रेगुलर दिनेश साही , मोष्ट इम्प्रुभमा अमन राना र अनुसासन तर्फ अमितकाजी साक्य तथा महिला तर्फ मोष्ट रेगुलर जोया थापा , मोष्ट इम्प्रुभ सन्ध्या थापा र अनुसासन तर्फ डाक्टर रजिता श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बिजेता र उत्कृष्ट खेलाडीहरुलाई बुटवल फिटनेस एण्ड जिम सेन्टरका प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी बिजेन्द्रमान श्रेष्ठ,प्रशिक्षक रोज मर्हजन , खेलाडिहरु सुनिल आले र राजन श्रेष्ठले पदक तथा पुरस्कार बितरण गर्नुभएको थियो ।
त्यस अबसरमा प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडि बिजेन्द्रमान श्रेष्ठलाई स्पोर्टस साइन्स इन्स्टीच्युटबाट मास्टर टेनरको रुपमा प्रमाणिकरण हुनु भएकोमा जिम सेन्टरका सदस्यहरुको तर्फबाट सम्मान गरिएको थियो
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्