राजमो निकट महिला संघको राष्ट्रिय सम्मेलन सम्पन्न ,अध्यक्षमा पुन र महासचिवमा राना

राजमो निकट महिला संघको राष्ट्रिय सम्मेलन सम्पन्न ,अध्यक्षमा पुन र महासचिवमा राना

बुटवल, ४ फागुन ।
बुटवलमा आयोजित राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको दुई दिने ७ औं राष्ट्रिय सम्मेलन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले मिना पुनको अध्यक्षतामा केन्द्रिय समिति गठन गरेको छ ।
दुइ दिसम्म चलेको सम्मेलले २१ पूर्ण र ६ वैकल्पिक सदस्य गरी २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नवगठित समितिको महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सरस्वती पौडेल, पदमा पाण्डे, सचिवमा तारा जीसी र कोषाध्यक्षमा रितु केसी निर्वाचित हुनु भएको छ ।
सदस्यहरुमा कल्पना पाखरेल, कमला पौडेल, पूर्णिमा आचार्य, भानु केसी, हिरा शाही, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित, सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्की, नरमती सिंजाली, रुद्रा केसी, कृष्ण रावल रहनु भएको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा पूर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोखरेल, सीता आचार्य, शारदा खत्रीलाई चयन गरेको छ भने सल्लाहकारहरुमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्दवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदी रहनु भएको सचिव तारा जीसीले जानकारी गराउनु भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद सांसद दुर्गा पौडेल र नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसीले बधाई दिनुभयो । उक्त कार्यक्रममा बोल्दै सांसद दुर्गा पौडेलले सम्पतिमा समान अधिकार र महिला हिंसाको अन्त्यका महिलाहरुलाई अझै संगठित गर्नुपर्ने बताउनु भयो । उहांले संविधानले दिएका अधिकार पनि प्राप्तीका लागि पनि महिला आन्दोलनलाइ अगाडी बढाउने गरी नेतृत्वदायी भूमिका खेल्न नवनिर्वाचत कार्यसमितिलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सम्मेलनको फागुन २ गते बुटवलमा राजमो अध्यक्ष तथ पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij