नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न

नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न

बुटवल ।
बुटवल८सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आइतबार नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ ।प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका ४८ वटा माध्यमिक विद्यालय ९कक्षा १० सम्म० का ४८ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १५ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये १० वटा विद्यालयका १० जना विद्यार्थीहरू फागुन ५ गते हुने अन्तिम चरणका लागि छनोट भएका छन् उक्त प्रतियोगीहरूमध्ये स्मृति बोर्डिङ स्कुलकी छात्रा श्रेया शर्मा, शान्ति नमुना मा।वि।का कुशल आचार्य, डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुली, एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी, गणेश ज्ञान ज्योति विद्यालयका विशाल रिजाल, कालिका मानवज्ञान मा।वि।की प्रकृति बस्याल, मुनाल बोर्डिङ स्कुलका प्रशन्न के।सी, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई, पर्ल सेकेन्डरी स्कुलका कृष गुरुङ र देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ उत्कृष्ट १० मा छनौट हुन सफल भएका छन ।
उक्त १० प्रतिष्पर्धीमध्येबाट भोलि फागुन ५ गते सोमबारका दिन पुनः दुई चरणको प्रतिस्प्रर्धाबाट उत्कृष्ट ५ जना चयन गरी पुरस्कृत गरिनेछ ।प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बुटवलको मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीप बोर्डिङ हाई स्कूलले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै विद्यार्थीहरूमा अन्तर्निहित गायन प्रतिभा उजागर गरी राष्ट्रिय कलाकार उत्पादन गर्ने महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञावलीको विशिष्ट आतिथ्यता, बुटवल प्याब्सनका अध्यक्ष कुलराज शर्मा, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, वडा सदस्य भवानी सुवेदी, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij