मर्चवारमा किशोरीको सामूहिक बलात्कार

मर्चवारमा किशोरीको सामूहिक बलात्कार

भैरहवा – रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सामूहिक बलात्कारको घटना बाहिर आएको छ ।

सम्मरीमाई गाउँपालिका–३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानिय तीन जना युवाहरुले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपित तीन जनालाई नै मर्चवार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गाउँमा लागेको महायज्ञको मौका छोपी तीनजना युवाले निर्माणाधीन घर भित्र सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै परिवार स्रोतले जनाएको छ ।

बुवा विरामी भएर उपचारको लागि बुवा–आमा भारत गएको तथा घरमा वृद्ध बाजे, एक जना बहिनी र भाइसँग बस्दै आएकी किशोरीलाई आरोपित युवकहरुले झुक्काएर घर बाहिर बोलाई बलात्कार गरेको उनका आफन्तले बताए ।

घटनामा आरोपित तीन जना युवा तथा किशोरीको मेडिकल परिक्षणको लागी भैरहवा स्थित भीम अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक चित्र बहादुर घलेले बताए । आरोपितलाई नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको उनले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij