राष्ट्रपतिबाट कानून मन्त्री तुम्बाहाङ्फेलाई शपथ

राष्ट्रपतिबाट कानून मन्त्री तुम्बाहाङ्फेलाई शपथ

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो ।डा तुम्वाहाङ्फे यसअघि उपसभामुख हुनुहुन्थ्यो । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उहाँले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुनुहुन्छ ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij