काठमाडौं
अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुका पक्राउ पर्नेहरूमा बागलुङको बागलुङ नगरपालिका २ पयुपाटा कुँवर टोल घर भइ ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्। काठमाडौं तार्केश्वर नगरपालिका २ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारेका थिए।कुँवरले आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाएर भोलिपल्टै बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकालेका थिए। रकम ठगी गरी सम्पर्कविहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिइ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्