गुल्मी ।
रेसुङ्गा नगरपालिकाले कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गरेको छ । कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गर्ने आफुहरु नेपालमै पहिलो स्थानीय तह रहेको रेसुङ्गा नगरपालिकाको दावी छ ।
यो कामले कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन् । किसानले जति उत्पादन गरेपनि नगरपालिकाले उचित मुल्यमा खरिद गर्छ । तत्काल सड्ने बाहेक मुख्य कृषि उपजहरुमा एक क्विन्टलभन्दा बढि उत्पादन गरे कृषकलाई प्रति किलो दुई रुपैयाँ अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ ।
डोकोमा बोकेर बजार पुग्नु परेन् । उत्पादन बिक्री नभएर कुहिने अवस्था पनि रहेन् । हातहातमै कारोवार । उत्पादनमा अनुदान, उचित मुल्य र बजारको पूर्ण ग्यारेण्टी भएपछि उत्पादनमा कुनै समस्या नरहेको रेसुङ्गा नगरपालिका १० का व्यावसायीक तरकारी कृषक बिनोद कुवंरले बताए । नगरपालिकाले तालिमसहित बिउ, मल र कृषि सामग्री पनि किसानलाई वितरण गर्ने गरेको कुवंरले बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्