काठमाण्डौ
आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ ।
मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन् । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको मौसमविद् पोखरेलले बताउनुभयो ।
तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले मङ्गलबार पनि तुवाँलो लागिरहने उहाँले बताउनुभयो ।
तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क ९मुखावरण० लगाउन डाक्टरहरुले आग्रह गरेका छन् । बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्