तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ७ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ९ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत मंगलबार वडा नंं. ७ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
वडा कार्यालय परिसर, केवलानीमा आयोजित समारोहमा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष तथा वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेलगायतका जनप्रतिनिधिहरुले प्लेकार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले शुन्य पोलिथिन अभियान टोल, बस्ती, नगर सफा राख्ने अभियान भएको बताउनुभयो ।
उहाँले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन नगरपालिकाले समुदायमा आधारित यो अभियान चलाएको बताउनुभयो । उपप्रमुख जागेश्वरी चौधरीले जथाभावी फोहोर फाल्नेलाई प्रचलित कानुनअनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेयले वडालाई शुन्य पोलिथिन घोषणामा टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालयको यथेष्ट सहयोग मिलेको बताउँदै यसको सफल कार्यान्वयनमा पनि सबैको साथ चाहिने स्पष्ट पार्नुभयो । सिम नेपालका निपेश ढाकाले सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि पोलिथिनले पु¥याउने हानी(नोक्सानीबारे जानकारी दिँदै अभियान चलाइएको । कार्यक्रममा वडाबासीहरु खुशीयाली मनाउँदै बाजागाजाका साथ नाचगान गरेका थिए । यसअघि तिलोत्तमाका वडा नंं. १, २, ४, ६, ८, ९, १६ र ६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भैसकेका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्