भोली ७ गते नेपाल बन्द छैन

भोली ७ गते नेपाल बन्द छैन

बुटवल – भोली ७ गते नेपाल बन्द नभएको अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकालले बताउनुभयो । तर बिभिन्न माग सहित अखिल (क्रान्तिकारी)ले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाल लगायत देशैभरि सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको बताइएको छ ।

संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईद्वारा जारी बिज्ञप्ती अनुसार संघर्षका कार्यक्रमहरु अन्तर्गत फागुन ४, ५ र ६ गते प्रचार प्रचार (सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत), फागुन ७ गते ज्ञापन पत्र पेश (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा) , फागुन ८ गते कोणसभा (सवै शैक्षिक संस्थाहरुमा) , फागुन ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारी¬¬) माथीको प्रतिवन्द र स्ववियू) , फागुन १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी, फागुन १३ गते मशाल जुलुश र फागुन १४ गते आम शैक्षिक हड्ताल गर्ने रहेको जनाइएको छ ।

बिज्ञप्तीकाे पूरा पाठ यस प्रकार रहेको छ –

“देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत रहेको हाम्रो संगठनका केन्द्रीय अध्यक्ष क. चिरन्जीवी ढकाललाई केपी ओलीको सामाजिक दलाल सरकारले २५ औँ जनयुद्ध दिवसको काठमाण्डौँ कार्यक्रमबाट गैह्रन्यायीक रुपमा गिरप्तार गरि अभद्र व्यवहार जस्तो झुट्टा मुद्धा लगाई राजनैतिक आस्थाको आधारमा बन्दी बनाई रहेको छ । केपी मण्डलीको यो हर्कतले उनिहरुको जनविरोधी एवं फाँसिवादी मुकुण्डो उत्रिएको छ र आफ्नो सन्नीकट अवसान रोक्न उसले हत्या, हिंसा, राज्य आतंक, धरपकड, गिरप्तारी, यातना एवं झुट्टा मुद्धाहरुको प्रयोग गरिरहेको स्पष्ट भएको छ । केपी सरकारले वाक स्वतन्त्रता र युवा विद्यार्थीहरुको शान्तिपुर्ण रुपमा शैक्षिक संस्थाहरुमा गएर पढ्न पाउने अधिकारलाई समेत कुन्ठीत गरि विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेको अवस्थामा समेत गिरप्तार गरिरहेको छ । उसलाई अवगत हुनुपर्दछ कि विद्यार्थी र युवाहरुहको अग्रगामी विचार, आन्दोलन र मागहरु एवं फाँसिवादको अन्त्यलाई लाई संसारको कुनै पनि तानाशाहको सत्ताको बन्दुक, बुट र हिरासतले रोक्न र थुन्न सकेको छैन ।
१० वर्षे महान जनयुद्धको वार्षिक उत्सवको कार्यक्रमबाट गिरप्तार गरिनु एवं हाम्रो संगठन त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशव्यापी अग्रसर रहेको अवस्थामा भएको अध्यक्ष कमरेडको गिरप्तारीबाट केपी सरकार र राम वहादुर गृह प्रशासन आततायी, अराजनैतिक, असहहिषुण एवं घोर फाँसिवादी रहेको विषय सर्वाङ्ग भएको छ । तसर्थ संगठनका अध्यक्ष लगायत देशैभरि दलाल फाँसिवादी सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ ।

संघर्षका कार्यक्रमहरु :

१) ०७६ फाल्गण ४, ५ र ६ गते प्रचार प्रचार (सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत)
२) ०७६ फाल्गुण ७ गते ज्ञापन पत्र पेश (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा)
३) ०७६ फाल्गुण ८ गते कोणसभा (सवै शैक्षिक संस्थाहरुमा)
४) ०७६ फाल्गुण ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारी¬¬) माथीको प्रतिवन्द र स्ववियू)
५) ०७६ फाल्गुण १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी
६) ०७६ फाल्गुण १३ गते मशाल जुलुश
७) ०७६ फाल्गुण १४ गते आम शैक्षिक हड्ताल ”

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij