लुम्बिनी वाणिज्यको ३९ औं वार्षिकोत्सव सम्पन्न

लुम्बिनी वाणिज्यको ३९ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको ३९ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रसंसा गरेपनि अधुरो हुने बताउदै वाणिज्य क्याम्पस नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस हुनु यस क्षेत्रकै गौरवको विषय रहेको बताउनुभयो । साथै उहाले यस क्याम्पसलाई मानित विश्वविद्यालयमा परिणत गर्नको लागि आवश्यक शैक्षिक तथा भौतिक विकासमा जस्तोसुकै सहयोगको लागि आफु तयार रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द« प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, क्याम्पस संचालक समिति पुर्व अध्यक्ष अर्जुनमान सैंजु, नेकपा बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थी, नेपाली कांग्रेस नगर सभापती खेलराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष लोकराज शर्मा, वार्षिकोत्सव समारोह मुल समिति संयोजक एवं पुर्व क्याम्पस प्रमुख प्राध्यापक कृष्ण प्रसाद गौतम, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाइ अध्यक्ष द्धारिका गौतम, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष लक्ष्मी खनाल, विद्यार्थी नेताहरु विजय कार्की, सुरज क्षेत्री, प्रशान्त बञ्जाडे, नारायण अर्याल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त राख्दै क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनुको विकल्प नभएको र आआफ्नो स्थानबाट सहयोग रहने विचार व्यक्त गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रा डातारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्दै आगामी योजनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नुृका साथै साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन उच्च शिक्षा सुधार परियोजना संयोजक पुनाराम घिमिरेले गर्नुभएको थियो भने वार्षिकोत्सवको अवसरमा साझ ५.३० बजे दीप प्रज्वलन समेत गरिएकोे थियो ।रेको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij