काठमाडौं ।
नेपाली कांग्रेसले पूर्वसांसद, लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पार्टीका नेता भागवत ज्ञवालीको निधनले अत्यन्त दुखी तुल्याएको जनाएको छ ।
ज्ञवालीको हिजो बिहान उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा असामयिक निधन भएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शोक वक्तव्य जारी गरेर स्व।ज्ञवालीको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाउनु भएको छ ।
बिक्रम संवत २००१ सालमा गुल्मी जिल्लामा जन्मिएका स्व.ज्ञवाली विक्रम संवत २०३३ सालमा नेपाली कांग्रेस गुल्मी जिल्लाको संस्थापक सभापति भएका थिए ।
ज्ञवाली बिक्रम संवत २०४८ सालसम्म उक्त पदमा रही पार्टी संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भएका थिए ।
स्व.ज्ञवालीले नेपाली कांग्रेस पार्टीले आह्वान गरेको २०४२ सालको सत्याग्रहमा गुल्मी जिल्लाबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएको हरेक आन्दोलनमा सक्रिय रहेका स्व.ज्ञवाली लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तारी हुनुका साथै जेल जीवन समेत ब्यतित गरेका थिए ।
स्व.ज्ञवाली वि।स। २०४८ सालको आम निर्वाचनमा गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको सदस्य पदमा निवार्चित भएका थिए ।
उक्त अवधिमा उनले मानव अधिकार तथा परराष्ट्र समितिको सभापतिको जिम्मेवारी समेत वहन गरेका थिए । स्व।ज्ञवाली नेपाली राजनीतिमा सादगी, निष्ठावान एवं समाजवादी नेताका रुपमा परिचित थिए । उनी जस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको प्रमुख सचेतक खाँणले जनाउनुभएको छ ।
‘उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना साथै दुःखको यस घडीमा शोक सन्तप्त सम्पूर्ण परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्