JanataToday.com

Advertisment

SKIP THIS

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तेस्रो दिन जारी

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तेस्रो दिन जारी

 

बुटवल -रुपन्देहीमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत तेस्रो दिन विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा बुधबार भएको खेलमा विजयी हुदै वोमन्स सिगलतर्फ उपाधिका लागि सलोनी तामाङ र प्रकृति श्रेष्ठले फाईनल खेल्ने भएका छन । देविनगरस्थित लन टेनिस कम्प्लेक्समा भएको पहिलो सेमीफाईनलमा सलोनीले भगवती बिकलाई ६–१, ६–२ को सोझो सेट तथा प्रकृति श्रेष्ठले ईन्द्रकला श्रेष्ठलाई ६–२, ६–० को सोझो सेट पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
यसैगरि मेन्स सिगलतर्फ बुधबार भएको क्वाटरफाईनल खेलमा रितिक रानाले प्रदिप खड्कालाई ६–४, ६–१ को सेट, सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–०, ६–२ को सेट, नबिन मगरले विकास खड्कालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका छन ।
यसैगरि मेन्स डबल्सतर्फ बुधबार भएको खेलमा नबिन मगर र प्रवण खनालको जोडीले भिष्म काउचा र रितिक रानाको जोडीलाई ६–४, ७–६ तथा सन्तोष खत्री र प्रदिप खडकाको जोडीले सम्यक विक्रम बज्राचार्य र निरज गुरुङको जोडीसंग ६–२, ६–३ को सोझो सेटमा पाखा लगाएका छन ।
यसैगरि ३५ वर्ष प्लस उमेर समुहको उपाधीका लागि कमल भण्डारीले राजु श्रेष्ठको सामना गर्ने छन । बुधबार भएको पहिलो सेमीफाईनल खेलमा कमल भण्डारीले रामु बिकलाई ६–१, ६–१ को सोझो सेट तथा राजु श्रेष्ठले सन्जय श्रेष्ठलाई ६–१, ७–५ को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि कमल भण्डारी र चन्द्र शाहीको जोडीले राजु श्रेष्ठ र दुर्गा केसीको जोडीसंग भिड्ने भएका छन । बुधबार भएको पहिलो सेमीफाईनल खेलमा कमल भण्डारी र चन्द्र शाहीको जोडीले सरण गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–१ तथा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीले सुकमान तामा र अन्जन बानियाको जोडीलाई ६–३, ७–६ को सोझो सेटमा पाखा लगाएका हुन ।
यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले मनोज राना र शिव सेढाईको जोडीसंग भिड्ने भएका छन । मनोज राना र शिव सेढाईको जोडीले उत्तम बोगटी र सुर्य भुजेलको जोडीले ६–१, १–२ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन । गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडी वाकओभर पाएका हुन ।
यसैगरि ४५ वर्ष सिगलमा चन्द्र शाहीले धर्मसिह घिमिरेलाई ६–२, ६–४ तथा बिमल गुरुङले सुकमान गुरुङलाई ६–१, ६–३ को सोझो सेटमा पाखा लगा
यसैगरि ५५ वर्ष सिगलको उपाधिका लागि राजु गुरुङ र बिमल गुरुङ भिड्ने भएका छन ।
बिमल गुरुङले धु्रव गुरुङलाई ६–४ को पहिलो सेटमा अग्रता लिएको बेला दोस्रो सेटमा ध्रुव २–२ को अंकको क्रममा रिटार्ड हन्ट भएपनि बिमल फाईनलमा प्रवेश गरेका हुन । यसैगरि अर्को खेलमा राजु गुरुङले कर्ण तामाङलाई ६–२, ३–६, १०–७ को सेटमा जित निकाले ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij