बुटवल-सिद्धबाबा मन्दिर विकास समिति तिनाउ गाउपालिका वडा नं ३ पाल्पामा शिवरात्रीको पावन अवसरमा विशेष कार्यक्रम तयारी गरेको छ । मन्दिर परिसरमा बुधबार पत्रकार सम्मेलन गरि शिवरात्रीको पर्वमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई सहज बनाउने गरि विभिन्न समितिमार्फत काम भैरहेको मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरुले बताएका छन । शिवरात्री उत्सव कार्यक्रमका संयोजक तोया लम्सालले मन्दिरको नियमित वार्षिक कामसंगै ठुलापर्वहरुमा समेत विविध कार्यकम गरिदै आएको बताए । हेभि ईक्विमेन्ट डिभिजन बुटवलको प्राविधिक सहयोगमा शिवरात्री लक्ष्यित गरि तल्लो सिद्धबाबा देखि दोभानसम्मको करीब साढे ३ किलोमिटर बाटो मर्मतको काम भएको उनले भने । ट्रिपर ब्यवसायीले ५० ट्रिप मिस्कट निशुल्क सहयोग गरेको उनले बताए । मर्मत सम्हारमा करीब सय ट्रिप लाग्ने ट्रिपर ब्यवसायी समुहका संयोजक अरबिन्द्र पाण्डेले बताए । सामाजिक कार्यमा योगदान दिन करीब २ लाख बराबरको बाटो मर्मतका लागि कच्च पदार्थ सहयोग गरेको समुहका कोषाध्यक्ष दुर्गा बहादुर थापाले बताए ।बुटवलका ब्यवसायी पंकज गोदारसहित युवाहरुले ५ लाख बराबरको रंगरोगन, विद्युत, पानी ब्यवस्थापनको लागि मन्दिरलाई सहयोग गरेको छ । यो वर्ष ५० हजार भक्तजनहरु दर्शनका लागि आउने अनुमान गरि ब्यवस्था गरिएको उनले बताए ।
समितिका अध्यक्ष दल बहादुर गुरुङले भक्तजनहरुको सहयोगमा मन्दिर जीणोद्धार, पार्किङ स्थल निर्माण, बोटानिकल गार्डेन, फुट ट्रेल निर्माणका कामलाई निरन्तरता दिएको उनले बताए । यसैगरि मन्दिर परिसरमा सिसि क्यामरा, भतृहरि वाचनालय, भजनकिर्तन गर्ने थलो, आधुनिक बाजा, माईक, परेवाको आधुनिक केज, जुत्ताचप्पल राख्ने दराज ब्यवस्थापन गरिएको उनले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्