JanataToday.com

Advertisment

SKIP THIS

समृद्ध प्रदेश निर्माणकालागि पुरानो मनस्थिती त्यागौं :मुख्यमन्त्री पोखरेल

समृद्ध प्रदेश निर्माणकालागि पुरानो मनस्थिती त्यागौं :मुख्यमन्त्री पोखरेल

 

बुटवल- प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउनकालागि पुरानो मनस्थितीलाई बदल्नु पर्ने भनाई राख्नुभएको छ । उहाँले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिती कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती रहेको बताउनु भयो । ‘अब हामी एक भन्ने खालको मनस्थिती बनाउनु पर्छ भन्ने लाग्छ ।’ उहाँले भन्नुभयो–‘त्यसमा तपाईहरुबाट पनि ठूलो सहयोगको अपेक्षा गरेको छु ।’

नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा गर्न लागिएको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी सहित र निमन्त्रण गर्न पुगेको प्रेस युनियनको टोलीलाई बुटवल स्थित मुख्यमन्त्री निवासमा स्वागत गर्दै उहाँले अझैपनि पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञान कायम रहेको उल्लेख गर्नुभयो । प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो ।

त्यसै अवसरमा उहाँले प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी भईरहेको पनि जानकारी गराउनु भयो । उहाँले भन्नुभयो–प्रदेशको स्थायी राजधानीकालागि हामीले भर्जिनल्याण्डको खोजी गरिरहेका छौं, यो राजनीतिक बिषयपनि भएकाले जहाँ होला हुन्छ ।’ उहाँले संघसंस्थाहरुको महाधिवेशन काठमाण्डौमै गर्ने परम्परालाई तोडेर बाहिर गर्ने निर्णय स्रहानीय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन यहि प्रदेशमा गर्ने कुरा प्रदेशका हिसावले पनि गौरवको बिषय भएको बताउँदै महाधिवेशनको समयमा शान्ति सुरक्षा लगायतका कुराहरु सकारात्मक वातावरण बनाईदिन मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो । त्यस्तैगरी अध्यक्ष सिग्देलले प्रदेश अहिले कानुन निर्माणकै क्रममा रहेकाले मिडिया मैत्री कानुन बनाईदिन समेत आग्रह गर्नुभएको थियो ।

उहाँले प्रेस युनियनका महाधिवेशनमा नेपालगञ्जमा २ हजार पत्रकार सहभागि हुने भएकाले प्रदेशको पर्यटन प्रवद्र्धनका हिसावले समेत कार्यक्रमलाई सदुपयोग गर्न मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभयो ।

त्यसैगरी महाधिवेशन सम्पन्न गर्नकालागि युनियनका केन्द्रीय अध्यक्ष सिक्देल, उपमहासचिव तथा स्थानीय व्यबस्थापन समितिका संयोजक प्रेम केसी सहित आएको टोलीले बिहिबार रुपन्देही युनियनको कार्यसमिति, सल्लाहकार, अग्रज तथा छिमेकी जिल्लाका प्रतिनीधिहरुसंग महाधिवेशनका बिषयमा छलफल गरेको छ ।
छलफलका क्रममा सहभागिहरुले महाधिवेशनको मिति तोकेर तयारी गरेकामा धन्यवाद ज्ञापन गर्र्दै जिल्लाहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस क्रममा महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नकालागि टोलीले सुझाव समेत लिएको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सिग्देलले महाधिवेशन सम्पन्न गर्ने दायित्व नेतृत्वको मात्रै नभएर सबै सदस्यहरुको भएको बताउँदै सबैलाई आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij