सामाजिक न्याय दिवसमा तिलोत्तमामा अन्तक्र्रिया

 सामाजिक न्याय दिवसमा तिलोत्तमामा अन्तक्र्रिया

 

तिलोत्तमा –सामाजिक न्याय दिवसको अवसरमा रूपन्देही नागरिक समाज, तिलोत्तमा नगरसमितिले “सामाजिक न्याय” विषयक अन्तक्र्रिया कार्यक्रम आज (विहीबार) भलवारीमा सम्पन्न गरेको छ ।

समाजका नगरसमिति अध्यक्ष ईश्वरीप्रसाद पाण्डेको अध्यक्षता र तिलोत्तमा–७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेको आतिथ्यमा भएको कार्यक्रममा सामाजिक न्यायका विषयमा विज्ञहरूले प्रस्तुत गरेका कार्यपत्रमाथि सहभागीले छलफल गर्दैै सामाजिक न्यायलाई सबैको विषय बनाउँदै आफ्नो तहबाट लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एवम् प्रदेश नम्बर –५ प्रहरी तालिम केन्द्र बुटवलका समादेशक डा. गणेश रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न घटनाहरूमा नेपाल प्रहरीको अनुसन्धान अत्यन्त सफल भएको तथ्यांक प्रस्तुत गर्नुभयो । साथै, उहाँले समाजमा भैरहने नराम्रा घटना सामाजिक पहलबाट मात्र न्यूनीकरण गर्न सकिने भन्दै प्रहरीलाई असल नागरिकले साथीको व्यवहार दर्शाइरहन आग्रह गर्नुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता माधवप्रसाद घिमिरेले समाजमा रहेका सबै मानिसले सबै मानिसलाई कल्याण हुने काम गर्नु सामाजिक न्याय हुने उल्लेख गर्नुभयो । यदि कसैको काम वा व्यवहारबाट अरूलाई चोट पुग्दछ भने त्यहाँ सामाजिक अन्याय हुने र त्यस्तो अवस्थामा न्याय गर्न सरकारको पहुँच हुनुपर्ने बताउनुभएको थियो ।

समाजका सचिव सीता पौडेलको सञ्चालन जिल्ला सल्लाहकार राजेन्द्रप्रसाद सुवेदीको स्वागतमा भएको अन्तक्र्रियामा हेमराज पौडेल, विष्णुप्रसाद रेग्मी, डिलबहादुर खत्री लगायतले कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij