JanataToday.com

Advertisment

SKIP THIS

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

बुटवल –रुपन्देहीमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठले ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल गुरुङले चुमेका छन ।

उनले फाईनलमा पोखराका राजु गुरुङलाई ६–३, ६–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारे । यसैगरि मेन्स डबल्सतर्फ सन्तोष खत्री र प्रदिप खड्काको जोडीसंग उपाधि चुमेको छ । फाईनल खेलमा नबिन मगर र प्रवण खनालको जोडीलाई सन्तोष खत्री र प्रदिप खडकाको जोडीले ६–७, ७–५, १०–७ को सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सको उपाधि कमल भण्डारी र चन्द्र शाहीको जोडीले चुमेका छन । कमल भण्डारी र चन्द्र शाहीको जोडीले फाईनल खेलमा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेको छ । फाईनलमा मनोज राना र शिव सेढाईको जोडीलाई ६–३, ३–६, १०–७ को सेटमा पराजित गर्दै गोपी भट्टाराई र धर्मसिह लामिछानेको जोडी विजयी भएका हुन ।

शुक्रबार बाकी रहेका ३ विद्याका फाईनल खेलहरु हुने छन । मेन्स सिगलतर्फको उपाधिका लागि रितिक राना र नेपाल आर्मीका प्रणव खनालले फाईनल खेल्ने छन । बुटवलका रितिक रानाले काठमाण्डौका सन्तोष खत्रीलाई ६–२, ६–३ को सेट तथा नेपाल आर्मीका प्रणव खनालले पोखराका नबिन मगरलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । यसैगरि ३५ वर्ष प्लस उमेर समुहको उपाधीका लागि कमल भण्डारीले राजु श्रेष्ठ तथा ५५ वर्ष उमेर डबल्सको उपाधिका लागि राजु गुरुङ र बसन्त प्रधानको जोडीले मनोज राना र धु्रव गुरुङको जोडीको सामना गर्ने छन । समापन कार्यक्रम शुक्रबार बिहान ९ बजे हुने संघका सचिव गोपाल ज्ञवालीले बताए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij