लिटिल प्याराडाईज द्धारा विज्ञान प्रदर्शनी एंव खाना महोत्सवको आयोजना

लिटिल प्याराडाईज द्धारा विज्ञान प्रदर्शनी एंव खाना महोत्सवको आयोजना

 

तिलोत्तमा – रूपन्देहीको तिलोत्तमा ७ भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलले बिहिबार जिल्लास्तरीय विज्ञान प्रदर्शनी एवं खाना महोत्सव २०७६ गरि २ छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले रजत जयन्तीको अवसर पारेर आयोजना गरेको लिटिल प्याराडाईज अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी २०७६ मा रूपन्देही जिल्लाभित्रका सामुदायिक र संस्थागत गरि विभिन्न १५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

जसमा भुकम्प प्रतिरोधी स्मार्ट हाऊसको नमुना घर बनाएर सबैको मन जित्दै देवदहस्थित देवदह बुद्घ पब्लिक स्कूले प्रथम स्थान हासिल गर्यो भने कृर्षि कर्ममा प्रयोग हुने जोत्ने, पानी सिंचाई गर्ने र एकसाथ बीऊ बिजन समेत छर्न सक्ने मेसीन प्रदर्शन गरेको शान्ति नमुना मावि मणिग्रामले द्घितिय र पानी मार्फत सामान तान्ने र धकेल्ने हाड्रोलिक आर्म नामक मेसिन बनाएको नवज्योति बोर्डिगं स्कूलले तृतीय स्थान हासिल गर्न सफल भए । कार्यक्रममा प्रथम, द्घितिय र तृतीय हुने विद्यालयहरूलाई बिहिबार नै नगद, शिल्ड र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

यसअघि प्रदर्शनीको उद्घघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव युवा बैज्ञानिक शिशिर जिसीले, सानै उमेरमा कलिला विद्यार्थीले प्रदर्शन गरेका आविष्कारले विज्ञान विषयमा थप रूचि बढाऊने हुदाँ समय समयमा यस्ता कार्यक्रमको आयोजना गर्न विद्यालयलाई आग्रह गरे । साथै उनले विद्यार्थीहरूलाई घोकन्त भन्दा पनि प्रयोगात्मक शिक्षा पद्दति तर्फ आकर्षित गर्न विज्ञान प्रदर्शनीले ठुलो टेवा पुर्याएको भन्दै विद्यालयलाई धन्यवाद दिएका छन ।
विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता एवं प्राचार्य केएन सागर ज्ञवालीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका निर्देशक माधव प्रसाद पाण्डे, निर्णायक तर्फ ईन्जिनियर जीवन गैरे र धर्मराज ढकाल, कार्यक्रम संयोजक विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संन्चालन सह प्राचार्य राजेश केसीले गरेका थिए ।

यसैबीच बिहीबार नै विद्यालयलले स्कूल प्रांगणमा खाना महोत्सवको समेत आयोजना गरेको छ । छुट्टाछ्टै विधामा विभिन्न परिकारको मज्जा लिने गरि कक्षागत हिसाबले विभिन्न समूह बनाई आयोजना गरिएको खाना महोत्सव २०७६ मा लोटस ७ ले प्रथम स्थान हासिल गर्यो भने ९ लोटसले द्धितिय, रोज ७ ले तृतीय र रोज ६ ले सान्तवना स्थान हासिल गरे ।

सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रूपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघंका महासचिव माधव प्रसाद खनालले, विभिन्न कला जस्तै पकवान कलामा निपुर्ण हुन सके विद्यार्थीलाई भविष्यमा गएर होटल सम्बन्धि शिक्षा अध्ययनमा थप टेवा मिल्ने र यसले पर्यटन एंव समग्र देशकै विकाशमा समेत ठुलो टेवा पुर्याउने बताए । यसखाले कार्यक्रमको आयोजना गरेर विद्यालयले विद्यार्थीको मनोबल बढाउने काम गरेको उनको जिकिर थियो । कार्यक्रम विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको स्वागत एवं विद्यालयका सह प्राचार्य राजेश केसीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij