रुपन्देहीको घाघरा जन्ती बस दुर्घटना, सात घाइते

रुपन्देहीको घाघरा जन्ती बस दुर्घटना, सात घाइते

भैरहवा ।
रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन् । सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो ।

सिमसिम पानी परिरहेको बेला लू१ ख ८८०६ नम्बरको माइक्रोबस ओभर स्पीडका कारण सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । करिब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जादा दुर्घटनामा परेको हो, बसका चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा लागेको छ । दुर्घटनामा परेका अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij