हुम्ला र जुम्लासहित उच्च हिमाली भेगमा भारी हिमपात

हुम्ला र जुम्लासहित उच्च हिमाली भेगमा भारी हिमपात

हुम्ला

जुम्ला र हुम्लासहित उच्च पहाडी क्षेत्रमा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।
चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् ।
यस्तै, उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । । जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालीबहादुर महतराले बताए । बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो । हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान उडानसमेत प्रभावित बनेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij