JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानालाई

बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानालाई

बुटवल

बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन । मेन्स सिगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता खनाल नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए । वोमन्स सिगलतर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफका सलोनी तामाङले हात पारेकी छिन । सलोनीले विहिबार भएको फाईनल खेलमा काठमाण्डौकी प्रकृति श्रेष्ठले ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

उपविजेता श्रेष्ठ नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए । प्रतियोगितामा भगवती  बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए ।यसैगरि ३५ प्लसको उपाधि कमल भण्डारीले जितेको छ । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमका हुन । ४५ प्लसतर्फको खेलमा चन्द्र शाहीले उपाधि जितेका छन । चन्द्रले बिमल गुरुङलाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । एक समारोहका बिच विजेता, उपविजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राना, संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीले पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरेका थिए । पुरुष त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथी उमेर समुहको उपाधि विजेताहरुले समान नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij