मानव कल्याण मित्र मन्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने

मानव कल्याण मित्र मन्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने

बुटवल
मानव कल्याण मित्र मन्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरिएको मानव कल्याण मित्र मन्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनु भयो ।
अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को अवसरमा मित्र मन्चले भारतको नयां दिल्लीमा नेपाल भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम गर्न लागिएको हो । भारतमा प्रत्येक वर्ष नेपालीहरुको संस्था प्रवासी नेपाली मित्र मन्चले महिला हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम गर्दै आएको छ । नेपालमा गठन गरिएको त्यसैको भगिनी संस्था मानव कल्याण मित्र मन्चले नेपालका पर्यटकीय क्षत्रहरुलाई समेटेर बनाईएको डकुमेन्ट्रि समेत प्रदर्शन गरिने संस्थाका महासचिव गोबिन्द पोखरेलले जानकनरी गराउनु भयो ।
मन्चको बुटवलमा बसेको बैठकले उक्त कार्यक्रममा भारतमा रहेका नेपालीलाई उत्साहजनक सहभागिताको लागि समेत आग्रह गरेको छ । बैठकले तिलोत्तमा नगरपालिकासंग मन्चको कार्यालय प्रयोजनकालागि भवन निर्माणकालागि जग्गा व्यबस्थापन गरिदिन आग्रह गर्ने निर्णय गरिएको छ । त्यस्तै बुद्धजयन्तिको अवसरमा विशेष समारोह गरेर मनाउने निर्णय गिरएको अध्यक्ष अर्यालले बताउनु भयो ।
बैठकमा मन्चका सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संरक्षक अम्विका अर्याल, कोषाध्यक्ष शालिकराम गौतम लगायतले मन्चले सामाजिक काममा रचनात्मक काम गर्नुपर्ने भनाई राख्नु भएको थियो । प्रवासी नेपालीहरुका समस्या समाधानका लागि भारतमा प्रवासी नेपाली मित्र मन्चले काम गर्दै आएको छ भने त्यसको भगिनी संस्था मानव कल्याण मित्र मन्चले त्यसको सहयोगिको रुपमा काम गर्ने अध्यक्ष अर्यालले बताउनु भयो । त्यो संगै अन्य सामाजिक काममा समेत मन्चले रचनात्मक काम गर्ने उहांले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij