काठमाडौं
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमारमा काठमाडौंमा राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न भयो। नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार आयोजना गरेको महोत्सवमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालको सम्पत्ति भएको बताए। उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदै देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे। यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गरे। भाषा आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवर्द्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राखे। यस्तै, नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रिय मातृभाषा दिवस बङ्गली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बङ्गलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताइन्। बङ्गलादेशकै प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा फ्रेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आह्वान गरेपछि विश्वभर २१ फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो। युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो। प्रज्ञा–प्रतिष्ठान साहित्य ९९तृभाषा० प्रमुख एवं कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यस वर्ष कविता महोत्सवमा ५३ भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ वटा कविता वाचनका लागि छनोट गरेको जानकारी दिइन्। आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गरेका कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचन गरेका थिए। महोत्सवमा अतिथि कविका रूपमा भारतको असमबाट आएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गरिन्।
प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्