JanataToday.com

Advertisment

SKIP THIS

सोमानीको नया शोरुम बुटवलमा

सोमानीको नया शोरुम बुटवलमा

बुटवल-सोमानी सेरामिक्सको बुटवलमा नया सोरुम उद्घाटन गरिएको छ । घर सजावटमा उपयोगी टायलका विभिन्न परिकार विश्व बजारमा ल्याएको सोमानीको नया सोरुम बुटवलका कालिकानगरमा शुभारम्भ गरिएको हो । सिद्धार्थ ओभरसिजले सोरुममार्फत उत्पादन बजारमा भित्राएको हो । ओभरसिजका संचालक विकास अग्रवालले बढ्दो शहरीकरण भरहेको रुपन्देही लक्षित गरि घर निर्माणका सबै आईटमहरु सोरुममा उपलब्ध रहेको बताए ।

सोरुमको उद्घाटन गर्दै कम्पनीका भाईस प्रेसिडेन्ट सुजित कुमार मोहन्ती बजारको माग र उपभोक्ताहरुको चाहनालाई मध्ये नजर गरि विश्वबजारमा घर सजावटलाई आवश्यक पर्ने सामग्रीहरु ल्याउने गरेको बताए । हरेक चार महिनामा नया नया उत्पादन बजारमा टायलका परिकार आउने गरेको उनले बताए ।
कम्पनीका एसोसियट जोनल म्यानेजर प्रदिप कुमार झाले नेपालका मुख्य शहरहरुमा आर्कषक सोरुम मार्फत उपभोक्ताहरुलाई सेवा दिदै आएको बताए ।

कम्पनीका धेरै प्रोडक्ट र धेरै रेन्जका टायलहरु उपभोक्ता छानेर प्रयोग गर्न पाएको उनले बताए । कम्पनीले बजारको माग हेरी टायल, बाथवेयर, एडेसिका आईटमहरु उत्पादन गर्दै आएको उनले बताए । प्रदेश ५ का रुपन्देहीमा ४, दाङमा १, नेपालगन्जमा १ गरि ६ वटा शोरुमहरु छन भने नेपालअधिराज्यमा ३५ वटा सोरुमहरु छन ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij