प्रदेश नम्बर ५ सरकारको आयोजनामा दाङको बेलझुल्डीमा प्रदेश एक्स्पो सुरु

प्रदेश नम्बर ५ सरकारको आयोजनामा दाङको बेलझुल्डीमा प्रदेश एक्स्पो सुरु

बुटवल ।

दोस्रो स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ सरकारको आयोजनामा शनिबारदेखि दाङको बेलझुल्डीमा प्रदेश एक्स्पो सुरु हुँदैछ ।

प्रदेश सरकारको आयोजनामा एक्स्पो शनिबारदेखि सोमबारसम्म चल्ने आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले बताए । एक्स्पोले प्रदेशका सम्भावनाहरु उजागर गर्ने र यस क्षेत्रको उत्पादन एवं संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । एक्स्पो संयोजकसमेत रहेका मन्त्री केसीले एक्स्पोलाई उत्सवकै रुपमा मनाउने गरि तयारी पूरा गरेको बताए ।

एक्स्पोबाट  ५ नं.प्रदेशभरिीा स्थानीय उत्पादन, मौलिक लोक कला, संस्कृति, स्थानीय ज्ञान, सीप, प्रविधिहरुको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

प्रदेश एक्स्पोमा प्रदेश सरकारका ७ मन्त्रालय, प्रदेश योजना आयोग, ५ नं. प्रदेशका १२ जिल्ला, दाङका जिल्ला समन्वय समिति र १० पालिकाको विशेष प्रस्तुति र प्रदर्शनी रहनेछ भने विद्यालय, कलेज, समुदाय र निजी क्षेत्रबाट महत्त्वपूर्ण कार्यक्रम, प्रस्तुति र प्रदर्शन रहेको जनाइएको छ ।

एक्स्पोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई वर्षको अवधिमा गरेका कार्यहरुको डिजिटल फ्लेक्स बोर्ड तथा अन्य माध्यमबाट प्रस्तुतिसहित डकुमेन्ट्री तथा भिडियो प्रदर्शन गर्नेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले एक्स्पोमा प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीहरुका लागि वित्तीय  व्यवस्थापनको परामर्श तथा तालिम पनि सञ्चालन गर्नेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् अवस्थामा गरिने उद्दार कार्यको अभ्यास, राहत व्यवस्थापन तथा वितरण प्रणालीको प्रस्तुति दिनेछ भने एक्स्पोमा भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्बन्धी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिंचाइ, नवीन तथा नवीकरणीय ऊर्जा सम्बन्धी प्रदर्शनी र झोलुङगे पुलको डेमोन्स्ट्रसन आदि कार्यक्रम प्रस्तुत एवं प्रदर्शन गर्नेछ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालनका लागि  हस्पिटालिटी सम्बन्धी तालिम, स्थानीय प्रविधि र उत्पादनहरुको प्रदर्शन, नवप्रवर्तन प्रविधिमा आधारित कार्यहरुको प्रस्तुति, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी, थाङ्का पेन्टिङ, दुई वटा मण्डला निर्माण, चर्या नृत्य, सारंगी वादन तथा प्रदेश नं. ५ का नाच तथा साँस्कृतिक झाँकीहरुको प्रस्तुति दिनेछ ।

यस्तै सामाजिक विकास मन्त्रालयले योगा, मेडिटेसन, माइन्ड फूलनेस कार्यक्रम, शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु, युवा तथा बालबालिकाका लागि नवीन खेलहरु, बृहत स्वास्थ्य शिविर, विशेषज्ञ डाक्टरद्वारा मुटु र क्यान्सर रोगको निःशुल्क परीक्षण, इ–स्वास्थ्य, टेलिमेडिसिन, इ–सिकाइ प्रविधिहरुको प्रस्तुति गर्नेछ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ नं. प्रदेशका प्रमुख कृषि प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी, भूमि व्यवस्था तथा सहकारी सम्बन्धी प्रदर्शनी, पानी शुद्धिकरण, जैविक मल, खोप आदिको प्रत्यक्ष सेवा तथा जानकारी प्रवाह गर्नेछ ।

प्रदेश योजना आयोगले दुई वर्षका गतिविधि, प्रगति तथा सेवा प्रवाहबारे जानकारीसहित आवधिक योजनाबारे प्रस्तुति दिनेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij