बुटवल
प्रहरी तालिम केन्द्र प्रदेश ५ का समादेशक वरिष्ठ प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले नेपाल प्रहरीले राज्यका विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्दै आएको बताउनु भएको छ ।
रोटरी क्बल अफ बुटवलको १२९९ औं नियमित बैठकमा शनिवार वोल्दैउहाले सबै पेशा र व्यवसायमा रहेका नागरिकले राष्ट्रको हितमा र समाजको विकासमा इमानदारिताकासाथ काम गर्ने संस्कार बसाल्नु जरुरी रहेको बताउनु भयो ।
उहाले संस्कार र व्यवहारमा सकारात्मक सोंच राख्न नसक्दासम्म र आफ्नो जिम्मेवारीमा इमानदारिता पालना गर्न नसक्दासम्म समाजमा परिर्वतन र समृद्धि ल्याउन नसकिने बताउनु भयो ।
वरिष्ठ प्रहरी उपरिक्षक डा. रेग्मीले समाजको विकास र परिर्वतनका लागि व्यक्तिको गतिविधिले नै निर्धारण गर्ने हुदा हामी त्यसमा ध्यान दिनु पर्ने बताउनु भयो ।
डा. रेग्मीले समाजका हरेक क्षेत्रमा विृकति र विंसगति रहेको बताउदै राज्यका अंगहरुले विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्नु पर्ने हुदा समाजले चाहेको परिणाम कहिले काहि नदेखिने बताउनु भयो ।
क्लबका अध्यक्ष . दिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रोमनाथ शर्माको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेंल, समाजसेवी खेम पुन लगायत बोल्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्