टायर पड्किएपछि ट्रक त्रिशुलीमा खस्यो, चालकको मृत्यु

टायर पड्किएपछि ट्रक त्रिशुलीमा खस्यो, चालकको मृत्यु

काठमाडोै
सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो ।ना ५ ख ३७७७ नं। को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।
सिमेन्ट बोकेको ट्रक वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको थियो यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij