गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुङको आटुङ्गमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जोहाङ्गको खैरेनीतर्फ जाँदै गरेको लु १ च ६७०१ नम्बरको जिप दुर्घटना हुँदा विद्युत प्राधिकरण गुल्मीमा कार्यरत ७ जना कर्मचारी घाईते भएका हुन् ।
आइतबार प्राधिकरणको टोली जोहाङ्ग खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको प्राधिकरणका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए । तम्घासबाट जोहाङ्ग खैरेनीतर्फ जाँदै गरेको जिप सडकबाट झण्डै २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा नेपाल विद्युत प्राधिकरणमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । घाईतेहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्