बुटवल उद्योग बाणिज्य संघमा पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान

बुटवल उद्योग बाणिज्य संघमा पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान

बुटवल- बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा संघका पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिएको छ । संघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई पूर्वमन्त्री तथा भारतकालागि पूर्वराजदुत दीपकुमार उपाध्यायले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
संघको स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्षहरु मध्येबाट १ जनालाई सम्मान गर्नेगरी यो वर्षदेखि पूर्वअध्यक्षलाई सम्मानको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । सोही अनुसार ६७ औं स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघको २००९ फागुन १० गते स्थापना भएको थियो ।
संघको स्थापना दिवसको अवसरमा तीन दिन बिशेष कार्यक्रम गरि मनाएको बुटवल उद्योग बाणिज्य संघले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्त्री भवनमा ट्रष्ट निर्माणकालागि १६ लाख ७७ हजार २०३ रुपैंया प्रदान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिका बिच त्रिपक्षीय समझदारीमा स्थापित उक्त अस्पतालको महिला भवनमा ट्रष्ट निर्माणकालागि संघको तर्फबाट ६० प्रतिशत तथा नगरपालिका र आम्दा नेपालका तर्फबाट २०÷२० प्रतिशत लागत योगदान गर्ने सहमति भए अनुसार उक्त रकम अस्पतालका निमित्त निर्देशक डा. केशवराज शर्मालाई हस्तान्तरण गरिएको हो ।
त्यस्तैगरी सोही अस्पतालमा फोहोर व्यबस्थापनकालागि १० थान डष्टविन प्रदान गरिएको थियो । त्यस्तै बुटवल माध्यमिक बिद्यालयकालागि ८ थान सिलिङ् पंखा र बिद्यार्थीको खाजा खर्चकालागि नगद १० हजार रुपैंया बिद्यालयका प्रधानाध्यापक अकराह मुल्लाह खानलाई हस्तान्तरण गरिएको छ । त्यस्तै मानव सेवा आश्रम बुटवललाई ४ थान सिलिङ् पंखा प्रदान गरिएको थियो । उक्त पंखा आश्रमकी संयोजक सरु अधिकारीलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा संघको व्यबसायि हितकोषबाट पसलमा आगलागिबाट क्षती भएकोले संघका सदस्य व्यबसायी सिखा सर्जिकल एण्ड साईन्स हाउस बुटवल र एस बुटवल आउस बुटवललाई जनही १ लाख रुपैंया राहत रकम प्रदान गरिएको संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij