बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।
सुरक्षण प्रिन्टिङ्ग प्रेस खरिद प्रकरणमा प्रधानमनत्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गर्दै नेपाल विद्यार्थी संघले आज बेलुका बुटवलको मिलन चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।
नेपाल विद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पस,लुम्बिनी बाणिज्य क्याम्पस र लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारी इकाई समितिको संयुक्त आयोजनामा पुतला दहन गरिएको नेविसंघ लुम्बिनी इन्जिनियरिङ्ग कलेज इकाई सभापति शमसेर खड्काले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्