राममणि बहुुमुखी क्याम्पसको (बत्तीसौं) वार्षिकोत्सव तथा अभिभावक दिवस

राममणि बहुुमुखी क्याम्पसको (बत्तीसौं) वार्षिकोत्सव तथा अभिभावक दिवस

मणिग्राम-नेपाल सरकारका पूर्वमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रूपन्देहीको गरिमा बढाइरहेको राममणि बहुमुखी क्याम्पसलाई विश्वविद्यालय उन्मुख स्वायत्त संस्थाका रूपमा अघि बढाउन आफूले सहयोग गर्ने बताउनुभएको छ ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसको ३२ (बत्तीसौं) वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उहाँले राममणि आफूसहित सबैको क्याम्पस हो भन्दै यसको विकाशका लागि सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

पशुपति कलेज कोटीहवाका क्याम्पस प्रमुख जयलाल शर्मा बस्याल, यातायात व्यवस्था कार्यालय (सवारीतर्फ) का प्रदेश कार्यालय प्रमुख मुक्ति पाण्डे, क्याम्पसका पूर्व सञ्चालक मनोरमा शेरचन लगायतले नगरकै गहनाका रूपमा रहेको राममणिका गतिविधि र कार्यक्रम अत्यन्त राम्रो भएका उल्लेख गर्नुभयो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसलाई क्यू.ए.ए. प्राप्त भएकोमा सबैलाई धन्यवाद दिँदै यसलाई उत्कृष्ट एवम् नमूना क्याम्पस बनाउन सबैसँग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले क्याम्पसमा विद्यार्थी भर्नादर, उत्तीर्ण दर, प्राज्ञिक क्रियाकलाप आदि सबैमा वृद्धि हुँदै गएको र क्याम्पसलाई अझ स्तरोन्नति गर्ने प्रयत्नमा आफूहरू क्रियाशील हुने बताउनुभयो ।

सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालको सञ्चालन तथा क्याम्पस सञ्चालक समितिका सदस्य यमबहादुर खत्रीको स्वागतमा भएको कार्यक्रममा क्याम्पसका आजीवन सदस्य ज्ञानु पाण्डे, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर, कर्मचारी संघका सभापति उमेशकुमार शाही, अभिभावक डिल्लीराज भुसाल, विद्यार्थीहरू विक्रम रसाली, प्रकाश भुर्तेल लगायतले राममणिले स्थानीय स्तरमा रहेर गुणस्तरका पक्षमा गरिरहेको प्रगतिको प्रशंसा गर्नुभएको थियो । साथै, क्याम्पसको विकाशका लागि आफूहरू सदैव तत्पर रहेको बताउनुभयो ।

सो अवसरमा क्याम्पसका दाताहरू तिलप्रसाद भट्टराई, चिन्तामणि न्यौपाने र निवर्तमान क्याम्पस प्रमुख मोहनराज शर्मालाई दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, क्याम्पसलाई क्यू.ए.ए. मान्यता प्राप्तिका लागि खटिएका प्राध्यापक, कर्मचारी, शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका विषयका प्राध्यापकहरू र शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।

त्यसैगरी वार्षिकोत्सवका अवसरमा सञ्चालित सप्ताहव्यापी विविध खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा पदकसहित पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा रोट¥याक्ट क्लब अफ राममणिका तर्फबाट अध्यक्ष पार्वती पुनले क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र निवर्तमान क्याम्पस प्रमुख मोहनराज शर्मालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij