मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह

काठमाडौ
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
सोमबार सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।
कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको छ ।
‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयकलगायत सम्पूर्ण विधेयकलाई संसदीय प्रक्रियाबाट टुंग्याउने क्रममा सरोकारवालाको आवाज सुन्न, संबोधन गर्न र उनीहरुसँग ब्यापक छलफल गर्ने कुरालाई पनि सँगसँगै लैजाने विषयलाई सम्माननीय सभामुख महोदयले विशेष ध्यान दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ’ महासंघले भनेको छ ।संसदबाट कानून निर्माण गर्ने क्रममा सरोकारवालासँगको छलफलमा वृद्धि गर्न पनि महासं‌घले आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij